नियम १०
कागजात फिर्ता दिन सक्नेः
(१) ऐनको दफा ६ को उपदफा ६.१ बमोजिम राष्ट्रिय अभिलेखालयमा पठाएको कुनै कागजात सम्बन्धित कार्यालयलाई आवश्यक पर्न गएमा त्यस्तो कार्यालयले सो कागजात आवश्यक पर्ने अवधि र कारण खुलाई राष्ट्रिय अभिलेखालयमा लेखी पठाउन पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा राष्ट्रिय अभिलेखालयले त्यस्तो कागजात अवधि तोकी सम्बन्धित कार्यालयलाई उपलब्ध गराउन सक्नेछ ।
(३) ऐनको दफा ६ को उपदफा ६.२ बमोजिम अवधि तोकी राष्ट्रिय अभिलेखालयमा पठाएमा कागजात त्यस्तो अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयले फिर्ता लिन चाहेमा त्यस्तो कार्यालयले सो कागजात फिर्ता लिन परेको कारण समेत खुलाई राष्ट्रिय अभिलेखालयमा लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम लेखी आएमा राष्ट्रिय अभिलेखालयले पन्ध्र दिनभित्र त्यस्तो कागजात सम्बन्धित कार्यालयलाई फिर्ता गर्नु पर्नेछ ।